+
Search

ताजा अपडेट +

पपुलर +

न्यूयोर्कबाट प्रचण्डले भने : विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न निर्देशन दिइसकेँ

4KNationalDaily
२०८० आश्विन १, सोमबार २०:४८ बजे

न्यूयोर्क– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन्।

संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी अमेरिकामा रहेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताए।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उनले दाबी गरे। सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उनको जिकिर थियो।

आइतबार अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेसेससँग पनि भेटवार्ता गरेका छन्।

महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily