+
Search

ताजा अपडेट +

पपुलर +

४ वर्षपछि कसरी चुनाव जित्ने भन्ने तनाव छ : गगन थापा

4KNationalDaily
२०८० आश्विन २, मंगलवार १६:०५ बजे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सानोतिनो हारलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले हरेक मानिसहरू सधैं तनावमा बस्ने गरेको उल्लेख गरे।

साथै, महामन्त्री थापाले अहिले आफू सांसद भए पनि अबको ४ वर्षपछि चुनाव कसरी जित्ने भन्ने तनाव अहिलेदेखि नै आफूलाई भएको बताए।

‘म अहिले चुनाव जितेर सांसद छु, मलाई अब ४ वर्षपछि कसरी चुनाव जित्ने भन्ने तनाव छ। ५ पटक प्रधानमन्त्री भएको मान्छेलाई ६ पटक किन भएन भन्ने तनाव छ,’ थापाले भने, ‘अहिले भएको प्रधानमन्त्रीलाई भरे बेलुका प्रधानमन्त्री खुस्केला की भन्ने तनाव छ।’

जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताउँदै उनले मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए।

‘जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुसी कसरी हुने भन्ने हो। तपाईंहरूले सफलताको भोक पनि राख्नुस्। परीक्षा छ भनेर घरबाट निस्किने बेलामा विद्यार्थीहरु तनावमा रहने गर्दछन्। सबै मान्छे जीवनमा बिहानदेखि बेलुकासम्म तनावमा बाच्ने रहेछन्। सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्छ। काम गर्ने हो तर फलको आश नगर्ने हो। कर्म इमान्दारिताका साथ गर्नुपर्छ,’ उनले भने।

महामन्त्री थापाले इमान्दारिताका साथ काम गर्न र फलको आश नगर्न विद्यार्थीलाई आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily