+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षकलाई पालिकाहरूको निर्देशन : भोलिदेखि पढाइ सुरु गर्नू

4KNationalDaily
२०८० आश्विन ४, बिहीबार २०:३५ बजे

काठमाडौं– काठमाडौं भइरहेको शिक्षक आन्दोलनले विद्यालय शिक्षा प्रभावित बनेको भन्दै स्थानीय तहहरुले तत्काल पढाइ सुरु गर्न भनेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र पठनपाठन सुरु गर्न भनेको छ ।

महानगरले बालबालिकाको नियमति रुपमा सिकाइ प्रक्रियामा सहभागी हुन पाउने अधिकार वञ्चित भएको भन्दै तत्काल पठपाठन गर्न शिक्षकहरुलाई निर्देशन दिएको हो ।

बालअधिकार प्रति संवेदनशील र जिम्मेवारी हुन आग्रह गर्दै वीरगञ्जले अन्यथा प्रधानाध्यापकहरु नै जिम्मेवार हुने भन्दै चेतावनी दिएको छ ।

नवलपरासी सुस्ता पश्चिमको बर्दघाट नगरपालिकाले पनि विद्यालय शान्ति क्षेत्र अवधारण विपरीत शिक्षकहरुले गर्न नहुने भन्दै नियमित पठनपाठन सुरु गर्न आग्रह गरेको छ ।

नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले सांकेतिक र रचनात्मक विरोध गर्न सकिने भन्दै बालबालिकाको शिक्षा प्राप्त गर्ने मौलिक अधिकारी वञ्चित नगर्न भनेका छन् ।

धादिङको गल्छी गाउँपालिकाले भोलि शुक्रबारदेखि नै विद्यालयको पठनपाठन सुरु गर्न निर्देशन दिएको छ ।

विद्यालयमा निशुल्क शिक्षा पाउने बालबालिकाको अधिकार हनन भएको भन्दै गाउँपालिकाले प्रधानाध्यापकहरुलाई पत्र लेख्दै भोली देखि विद्यालय सुरु गर्न भनेको हो ।

यस अघि गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले पनि विद्यालय बन्द गरेर शिक्षकहरुको आन्दोलन गर्न नहुने भन्दै औपचारिक रुपमा नैै विरोध गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily