+
Search

ताजा अपडेट +

पपुलर +

आज असोज ६ गते शनिबार, यस्तो छ तपाईको राशिफल

4KNationalDaily
२०८० आश्विन ६, शनिबार ०९:३८ बजे

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ । स्वास्थ्यमा समस्या आउला साथै उपचारका लागी खर्च हुनेछ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । अन्न तथा धनको लाभ होला । जाँगरमा सुधार आउने छ । साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन्, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफल्ता मिल्ने समय छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन्, पैसा भने अनायसै खर्च होला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य बादबिवाद पनि होला । झै झगडाको सम्भावना छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ ।कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।

सबैको दिन सुखद् रहोस् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily