मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । सानातिना काम र घरेलु समस्यामा आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ, आश मारेको फल पुनः प्राप्त हुन सक्छ । यात्रामा सोचे जस्तो रमाइलो नहुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज मनोरञ्जन पूर्ण समय रहेको छ । कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासँग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौतीको पनि सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूणर् सम्मान पाइएला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीत लिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोट पटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठन पाठनमा राम्रै प्रगति हुनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढेपनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाएपनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज बन्द व्यापारबाट फाइदा हुनेछ । आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूणर् समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
सबैको दिन सुखद् रहोस् ।
प्रतिक्रिया