+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

4KNationalDaily
२०८० आश्विन १२, शुक्रबार १७:५६ बजे

काठमाडौं– एभरेष्ट बैंक र लाजिम्पाटस्थित निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टरबिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

यो सँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णु प्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त वेलनेस सेन्टरबाट प्रदान गरिने विभिन्न सेवामा १० देखि २५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा वेलनेस सेन्टरका तर्फबाट सञ्चालन तथा बजार निर्देशक स्वर्णिम सुवालको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily