+
Search

ताजा अपडेट +

पपुलर +

नायक अनमोल केसी पक्राउ

4KNationalDaily
२०८० आश्विन १२, शुक्रबार १८:०७ बजे

काठमाडौं– नायक अनमोल केसी पक्राउ परेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेको हो।

एकजना फिल्म निर्माताले आफूलाई धोका दिएको भन्दै उजुरी दिएपछि प्रहरीले अनमोललाई पक्राउ गरेको हो। केसीलाई पक्राउ गरिएको पुष्टि एआईजी दीपक थापाले गरेका छन्।

चलचित्र ‘रावायण’मा काम गर्ने भनेर अन्तिम अवस्थामा धोका दिएपछि केसीविरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्सले उजुरी दिएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily