+
Search

ताजा अपडेट +

पपुलर +

सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो कर्पोरेट मिट सम्पन्न

4KNationalDaily
२०८० आश्विन १३, शनिबार १०:१० बजे

काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ।

कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा सो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा र हेमन्त नहाटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत कर्मचारीहरुको सहभागीता रहेको थियो।

उक्त दुई दिने कार्यक्रमको पहिलो दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीको आगामी योजना सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनिति ‘गुड टु ग्रेट’ विषयवस्तुमा प्रस्ट पार्दै सम्पूर्ण सहभागीहरुलाई बिस्तृत रुपमा सबै कर्मचारीहरुले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई पस्किने सेवा र सुशासनमा ल्याउनु पर्ने परिवर्तन सम्बन्धी मार्ग निर्देश गरेका थिए।

कार्यक्रमको दोश्रो दिन मोटिभेसनल स्पिकर बिके रमण नेपालीले सहभागीहरुलाई अन्तरक्रियात्मक खेलहरु मार्फत व्यक्तित्व विकास सम्बन्धी तालिम दिएका थिए।

प्रमुख कार्यकारी अधिकृत खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सूचकहरुमा अव्बल हुँदै आइरहेको बताउँदै कम्पनीको दुरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको साथै बिमितको सहज सेवा सुविधालाई अझै चुस्त दुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ परिमार्जित गर्दै लैजाने पनि जानकारी गराए।

साथै कम्पनीका सञ्चालक नन्द किशोर शर्माले कर्मचारीहरुको व्यक्तित्व विकास र हितका लागि सदैव सञ्चालक समितिको साथ रहेको र कम्पनीले संस्थागत सूसाशनमा जोड दिँदै जाने र नियामक निकाय बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नु पर्नेमा ध्यानकर्षण गराए।

कार्यक्रकममा सहभागी कर्मचारीहरुले दैनिक कार्यतालिकाबाट बाहिर निस्केर यस प्रकारको कार्यक्रममा सहभागी हुन पाउँदा उत्साहित रहेको र आफूलाई थप जोशजाँगर तथा आत्मविश्वास बढेको सुनाए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily