+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीकाे निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, आज रातिबाट मात्रै घट्ने

4KNationalDaily
२०८० आश्विन १४, आईतवार १९:१८ बजे

काठमाडौं– नेपाल आयल निगमले प्रधानमन्त्री प्रचण्डको निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता गरेको छ ।

आइतबार प्रधानममन्त्री प्रचण्डकाे निर्देशनपछि निगममले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय  गरेको हो ।

निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी असोज १४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्यवृद्धि फिर्ता निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily