+
Search

ताजा अपडेट +

पपुलर +

ठमेलको दोहोरीमा म्याद नाघेको बियर भेटियो, महानगरले वितरकलाई तिरायो २ लाख जरिवाना

4KNationalDaily
२०८० आश्विन १५, सोमबार २१:४५ बजे

काठमाडौं- काठमाडौं महानगरपालिकाले वडा नम्बर २६ मा सञ्चालित न्यू भीम स्टोर्सलाई २ लाख जरिवाना गराएको छ।

उक्त स्टोर्समा सोमबार दिउँसो महानगरपालिकाको टोलीले गरेको अनुगमनका क्रममा म्याद नाघेको बियर बिक्रि गरेको पाइएपछि जरिवाना गराइएको हो।

ठमेलकै गामबेंसी दोहोरीमा ग्राहकले म्याद नाघेको बियर बिक्री गरेको पाएपछि महानगरपालिकामा उजुरी गरेका थिए। ती ग्राहकको उजुरीका आधारमा सुरुमा दोहोरीमा अनुगमन टोली पुगेको थियो।

दोहोरी सञ्चालकले भने आफूलाई त्यसबारे जानकारी नभएको भन्दै आफूले सधैं बियर ल्याउने गरेको स्टोर्समा पु¥याएका थिए।

सो क्रममा महानगरको अनुगमन टोलीले ८ वटा म्याद गुज्रेको बियर फेला पारेको हो। उक्त मात्रामा बियर फेला परेपछि उक्त स्टोर्सका सञ्चालक देवदास मानन्धरलाई चेतावनीसहित महानगरले २ लाख जरिवाना गराइएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily