+
Search

ताजा अपडेट +

पपुलर +

शहिदलखन गाउँपालिकाले गर्याे बजार अनुगमन, म्याद गुज्रेका खाद्यवस्तु जफत

4KNationalDaily
२०८० आश्विन २०, शनिबार ०८:४३ बजे

गोरखा– शहिदलखन गाउँपालिकाले बजार अनुगमन सुरु गरेको छ । पालिकाको वडा नम्बर ७ र ८ का पसलहरूमा अनुगमन गरिएको हो

पालिकाले खाब्दी भन्ज्याङ, गैरी चाैतार, पाेखरीडाँडा, छापगाउँ, मैलुम लगायतका क्षेत्रमा रहेका किराना पसल, खाजा घर, बिजुली पसल, हार्डवेयर पसल औषधी पसलको अनुगमन गरिएको जनाएको छ ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामग्रीहरू नियन्त्रणमा लिएको अनुगमनका संयोजक तथा पालिका उपाध्यक्ष इन्दिरा तिवारीले बताइन । अनुगमनको क्रममा स्थानीय तहमा पसल दर्ता भए नभएको हेरिएको र नगरेको भए समयमै दर्ता गरेर कारोबार गर्न सुझाव प्रदान गरिएको उनको भनाइ छ ।

नियन्त्रणमा लिएका बस्तुको मुचुल्का उठाएर डिस्पाेज गरिने उनको भनाइ छ ।

अनुगमनका क्रममा जुनजन्य पेय पदार्थ, चिया पत्ती, ग्लुकोज, बोतलका पानी लगायतका बस्तुहरू म्याद गुज्रेका भेटिएको उनले बताए ।

नागरिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै पालिकाभित्र रहेका बजारमा रहेका पसलहरूको अनुगमन गरिएको पालिकाले जनाएको छ ।

स्थानीय तहमा व्यवसाय दर्ता गरेर कारोबार गर्न समेत पालिकाले सचेत गराएको प्रशासकीय अधिकृत पूर्णबहादुर गहतराजले बताए । आज ४१ वटा पसलमा अनुगमन गरिएको उनको भनाइ छ ।

अनुगमनमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, पालिका कर्मचारी, सञ्चारकर्मी र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily