+
Search

ताजा अपडेट +

पपुलर +

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ घट्दा युरो र पाउण्ड बढ्यो

4KNationalDaily
२०८० आश्विन २५, बिहीबार ०८:१७ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलरको भाउमा सामान्य गिरावट आउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.८१ रुपैयाँ रहँदा बिक्री दर १३३.४१ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०.८३ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.४७ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४०.८१ रुपैयाँ र बिक्री दर १४१.४४ रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६३.२० रुपैयाँ र बिक्री दर १६३.९३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६३.०० रुपैयाँ र बिक्री दर १६३.७३ रुपैयाँ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily