+
Search

ताजा अपडेट +

पपुलर +

आजको मौसम : मनसुनी वायुको आंशिक प्रभाव जारी, यी प्रदेशमा वर्षाको सम्भावना

4KNationalDaily
२०८० आश्विन २६, शुक्रबार ०८:४८ बजे

काठमाडौं– नेपालको पूर्वी तथा मध्य भागमा अझै मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसकारण हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily