+
Search

ताजा अपडेट +

पपुलर +

धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर भुकम्पकाे धक्का

4KNationalDaily
२०८० कार्तिक ५, आईतवार ०९:२३ बजे

काठमाडौं– काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज बिहान महसुस भएको भूकम्प धादिङ केन्द्रविन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौं उपत्यकाका साथै गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लामा समेत महसुस भएको थियो ।

भूकम्पले क्षति पुर्याए/नपुर्याएको बारे भने एकीन विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily