+
Search

ताजा अपडेट +

पपुलर +

डलरसँगै पाउण्ड र युरोको मूल्य घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

4KNationalDaily
२०८० कार्तिक ९, बिहीबार ०९:३४ बजे

काठमाडौं–  नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.८० रुपैयाँ र बिक्री दर १३३.४० रुपैयाँ तय भएको छ। हिजो १ डलरको खरिद दर १३२.८२ रुपैयाँ र बिक्री दर १३३.४२ रुपैयाँ थियो।

यस्तै, हिजो १ युरोको खरिद दर १४१.२३ रुपैयाँ रहेकोमा आज १४०.४१ रुपैयाँ कायम भएको छ। बिक्री दर हिजो १४१.८७ रुपैयाँ रहेकोमा आज १४१.०४ रुपैयाँ रहेको छ।

आज १ पाउण्डको बिक्री दर १६१.६९ रुपैयाँ र खरिद दर १६०.९७ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको बिक्री दर १६३.१५ रुपैयाँ र खरिद दर १६२.४१ रुपैयाँ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily