+
Search

ताजा अपडेट +

पपुलर +

आदर्श प्रयत्न गर्दा धोका खाएकाले नयाँ शक्तिको गति परिणाममुख बन्न सकिरहेको छैन : बाबुराम भट्टराई

4KNationalDaily
२०८० कार्तिक ९, बिहीबार १३:१६ बजे

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले आदर्श प्रयत्न गर्दा धोका खाएकाले आफूले सुरु गरेको नयाँ शक्ति निर्माणको गति परिणाममुखी बन्न नसकिरहेको बताएका छन्।

बिहीबार ट्विटरमा लेख्दै उनले २०७२ नयाँ अग्रगामी विचार सहितको ‘नयाँ शक्ति’को आवश्यकता भनेको र त्यसको निर्माणको प्रयत्न गर्दै आएको दोहोर्‍याएका छन्।

‘परन्तु बीचबीचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन,’ उनले लेखेका छन्, ‘केही समययता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौँ।’

भट्टराईले यसबीचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक रहेको बताएका छन्।

उनको भनाइ छ, ‘असन्तुष्टि नै नयाँ सिर्जनाको जननी हो भने झैं यसले नयाँ वैकल्पिक शक्तिको निर्माणमा नयाँ आधार निर्माण पनि गर्दैछ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily