+
Search

ताजा अपडेट +

पपुलर +

डलरको भाउ बढ्दा युरो र पाउण्डको घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

4KNationalDaily
२०८० कार्तिक १०, शुक्रबार ०८:५४ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलरको भाउ बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।

आज १ डलरको बिक्री दर १३३.४८ रुपैयाँ र खरिद दर १३२.८८ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। हिजो १ डलरको बिक्री दर १३३.४० रुपैयाँ र खरिद दर १३२.८० रुपैयाँ थियो।

हिजो १४१.०४ रुपैयाँमा बिक्री भएको १ युरोको आज १४०.७८ रुपैयाँ तय भएको छ। खरिद दर हिजो १४०.४१ रुपैयाँ रहेकोमा आज १४०.१५ रुपैयाँ कायम भएको छ।

यस्तै, आज १ पाउण्डको बिक्री दर १६१.३६ र खरिद दर १६०.९७ रुपैयाँ रहेको छ। हिजो भने १ पाउण्डको बिक्री दर १६१.६९ र खरिद दर १६०.६४ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily