काठमाडौं- त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो ।
यूएईका युवा स्पिनर अयान अफजल खानले घातक बलिङ गर्दै ३ विकेट लिएपछि नेपाल ठूलो स्कोर बनाउन चुक्यो ।
भुर्तेलले २८ बलमा अर्धसतक पूरा गर्दै आउट भएका हुन् । करण केसीले २१, दीपेन्द्रसिंह ऐरीले २० र कप्तान रोहित पौडेलले १८ को योगदान दिए ।
आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भए । भुर्तेल र शेखले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा नेपालले ४३ रनमा आसिफ शेखलाई गुमाएको थियो ।
दोस्रो विकेटको रुपमा ६३ रन कुशल मल्ल र तेस्रो विकेटको रुपमा ६८ रनमा कुशल भुर्तेललाई गुमाएको थियो । त्यसपछि चौथो विकेटका लागि रोहित र दीपेन्द्रले ४० रनको साझेदारी गरेका थिए । १३ औं ओभरमा दीपेन्द्र र रोहित आउट भए । त्यसपछि भने लामो साझेदारी बन्न सकेन ।
१ सय ९ रनमा दीपेन्द्रलाई गुमाएको नेपालले १ सय २३ रनमा सन्दीप जोरा र गुल्सन झा १ सय ३१ रन गुमाउनुपर्यो । जोरा १० र झा ५ रनमा आउट भए । नेपालले १ सय ४३ रन जोड्दा सोम्पाल कामीले आउट भए । कामीले १३ रनको योगदान दिए ।
करण २१ र अभिनास बोहोरा शुन्य रनमा नटआउट रहे । युएईका लागि स्पिनर आयन खानले ३, अली नसिर र जहुर खानले समान २ विकेट लिए ।
प्रतिक्रिया