+
Search

ताजा अपडेट +

पपुलर +

ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुदैछ काराेबार ?

4KNationalDaily
२०८० कार्तिक १३, सोमबार ११:२२ बजे

काठमाडौं- लगातार उकालो लाग्दै आएको सुनको भाउ सोमबार भने ओरालो लागेको छ ।

सोमबार तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि सोमबार घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily