काठमाडौं– चालु आर्थिक वर्ष (आव) २०८८/८१ को पहिलो त्रैमासमा कामना सेवा विकास बैंकले ११ करोड ९५ लाख रूपैयाँ नाफा कमाएको छ ।
बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा उक्त नाफा कमाएको हो ।
जुन अघिल्लो आवको सोही अवधिको तुलनाभन्दा झण्डै तीन गुणा बढी हो । बैंकले गत आवको यसै अवधिमा ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले यस अवधिसम्म ५६ अर्ब ८२ करोड निक्षेप संकलन गरी ८७ अर्ब कर्जा प्रवाह गरेको छ ।
वित्तीय विवरण अनुसार बैंकको रिटर्न अन इक्विटी ९.९० प्रतिशत रहेको छ भने खराब कर्जा ३.४८ प्रतिशत रहेको छ ।
बैंकको आधारदर ११.७२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १४.५७ प्रतिशत रहेको बैंकको कुल सम्पत्ति प्रतिसेयर अनुपात १,८५२.६१ रहेको छ ।
प्रतिक्रिया