+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रियसभाका १९ नयाँ सदस्यका लागि माघको दोस्रो सातासम्म निर्वाचन हुने

4KNationalDaily
२०८० कार्तिक १५, बुधबार १८:१२ बजे

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि आगामी माघ १० गते वरिपरि निर्वाचन गर्न प्रस्ताव गरेको छ। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त मितिमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरेका हुन्।

उनले माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न आवश्यक रहेको र त्यसका लागि आयोग तयार रहेको र सरकारले आवश्यक निर्णय गर्नुपर्ने थपलियाले बताए।

त्यस्तै प्रतिनिधि सभामा रिक्त रहेको १ सिट, प्रदेश सभामा २ सिट र स्थानीय तहमा २४ स्थानमा उपयुक्त समयमा उपनिर्वाचन गर्न आयोग तयार रहेको पनि उनले बताए।

फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्य रिक्त हुँदैछन्। सदस्य रिक्त हुनुभन्दा एक महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्था अनुसार निर्वाचनका लागि आयोगले यस्तो मिति प्रस्ताव गरेको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily