+
Search

ताजा अपडेट +

पपुलर +

प्रशासकीय अधिकृतमाथि उपप्रमुखको थप्पड, कर्मचारीहरूद्वारा कारबाहीको माग

4KNationalDaily
२०८० कार्तिक १६, बिहीबार २०:४७ बजे

कपिलवस्तु– सुद्धोदन गाउँपालिकाकाका उपाध्यक्ष होम प्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीमाथि हातपात गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमै उपप्रमुख चौधरीले ज्ञवालीमाथि हातपात गरेका हुन्।

पत्रकारसँग अन्तरवार्ता दिँदै गरेको अवस्थामा एक्कासि आफ्नो कार्यकक्षमा प्रवेश गरेर उपप्रमुखले गाली गलौच, दुर्व्यवहार गरी हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले विज्ञप्तीमार्फत जानकारी दिएका छन्।

आफूमाथि यसरी कुटपिट भएपछि प्रशासकीय अधिकृत ज्ञवालीले काम गर्न नसक्ने भन्दै सुरक्षाकाको माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उनले तुरुन्त पक्राउ गरी चौधरीमाथि आवश्यक कारबाहीको माग गरेका हुन्।

गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसी उपाध्यक्ष चौधरीमाथि कारबाही नहुँदासम्म गाउँपालिका र वडाहरूको काम कारबाही बन्द गर्ने निर्णय भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily