+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

4KNationalDaily
२०८० कार्तिक १८, शनिबार ०९:०५ बजे

जाजरकोट– गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयरको मृत्यु भएको छ ।

भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।

उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily