+
Search

ताजा अपडेट +

पपुलर +

सिटिजन्स बैंकको नाफा करिब १० करोडले घट्यो, निष्क्रिय कर्जा ह्वात्तै बढ्यो

4KNationalDaily
२०८० कार्तिक १८, शनिबार ११:५३ बजे

काठमाडौं- गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो आर्थिक वर्षको पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा १० करोड रुपैयाँ घटेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यो आर्थिक वर्षको सो अवधिमा ४० करोड २४ लाख रुपैयाँ मात्रै कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी सामान्य घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफामा असर गरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ४५ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्षको सो अवधिमा १ अर्ब ४४ करोड मात्रै आर्जन गरेको छ ।

तर बैंकको लोन लस प्रोभिजन गत वर्षको पहिलो त्रैमासमा १८ करोड ७४ लाख रुपैयाँ रहेकोमा यो वर्षको त्रैमासमा बढेर ४२ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा पनि बढेको छ । समयमै नउठेको कर्जा रकम कुल कर्जामा ३.९७ प्रतिशत पुगेको छ । गत वर्षको यस अवधिमा यस्तो कर्जा २.८९ प्रतिशत थियो ।

बैंकको निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो) ८२.७० प्रतिशतमा झरेको छ । यस आधारमा बैंक थप कर्जा लगानीका लागि सहज स्थितिमा देखिन्छ ।

बैंकको आधार दर सामान्य घटेको छ । आधार दर ११.१४ प्रतिशतबाट १०.६० प्रतिशतमा कायम भएको छ । आधार दर घट्नुले बैंकबाट ऋण लिएकाहरुको औसत ब्याजदर घटेको जनाउँछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily