काठमाडौं– नेपाल इन्भेष्मेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सञ्चालन खर्च बढ्दा दबाब देखिएको छ । निष्क्रिय कर्जा अनुपात बढेर ४.८३ प्रतिशत पुगेको बैंकको प्रोभिजन भने गत आवमा मर्जर अगाडि २ वटा बैंकको भन्दा घटेको छ ।
बैंकको नाफा भने गत आर्थिक वर्षको प्रथम त्रैमासमा दुइवटा बैंकको भन्दा घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा बैंकले १ अर्ब ५२ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । जुन गत आर्थिक वर्षको प्रथम त्रैमासमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकले आर्जन गरेको १ अर्ब १४ करोड ६ लाख रुपैयाँ भन्दा ३३.४७ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकले मर्जरमा गएको बैंकलाई एकिकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप एक प्रतिशत स्प्रेड दर कायम गर्न पाउने व्यवस्था गरेको छ । जसले गर्दा बैंकको स्प्रेड दर राष्ट्र बैैंकले तोकेको अधिकत ४ प्रतिशतको सीमाभन्दा माथि ४.६१ प्रतिशत छ । सोही कारण बैंकको खुद ब्याज आम्दानी पनि बढेर ४ अर्ब १६ करोड पुगेको छ ।
गत आर्थिक वर्ष मर्जर अगाडि नेपाल इन्भेष्टमेन्ट बैंकले प्रथम त्रैमासमा २ अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेको थियो । यस आधारमा बैंकको खुद ब्याज आम्दानी ९५.४० प्रतिशले बढेको छ । तर, मर्जर अगाडि प्रथम त्रैमासमा मेगा बैंकले पनि करिब १ अर्ब ८० करोड खुद ब्याज आम्दानी गरेको थियो ।
यस आधारमा गत आर्थिक वर्षको प्रथम त्रैमासमा दुबै बैंकले आर्जन गरेको खुद ब्याज आम्दानी भन्दा चालु आबको सोही अवधिमा बैंकले आर्जन गरेको खुद ब्याज आम्दानी बढेको छ ।
प्रतिक्रिया