+
Search

ताजा अपडेट +

पपुलर +

भूकम्प प्रभावितलाई महालक्ष्मी विकास बैंकको १० लाख सहयोग

4KNationalDaily
२०८० कार्तिक २३, बिहीबार ०८:४७ बजे

काठमाडौं– महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुका लागि १० लाख आर्थिक सहयोग दिएको छ।

बैंकले पीडितहरुलाई राहत वितरणका लागि आर्थिक सहयोग गरेको हो।

बैंकका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री डा प्रकाशशरण महतलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।

जाजरकोट केन्द्रबिन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी जनधनको ठूलो क्षति भएको थियो। १७ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएको सरकारी तथ्यांक छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily