काठमाडौं– एभरेष्ट बैंकले भूकम्प प्रभावितहरुको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितहरुको राहतका लागि आर्थिक सहयोग गरेको हो।
राहतका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बैंकले जनाएको छ।
यस्ता सहयोग आगामी दिनमा पनि जारी रहने बैंकले जनाएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ।
प्रतिक्रिया