+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकले ल्यायो तिहार र छठ लक्षित योजना, ५०१ रुपैयाँसम्म क्यास ब्याक

4KNationalDaily
२०८० कार्तिक २३, बिहीबार ०८:५२ बजे

काठमाडौं– कुमारी बैंकले तिहार र छठ पर्व लक्षित क्यास ब्याक योजना सार्वजनिक गरेको छ। बैंकले ५०१ रुपैयाँसम्म क्यास ब्याक दिने योजना ल्याएको हो।

यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङमार्फत क्यूआर र कार्डबाट भुक्तानी गर्दा ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने छ।

क्यास ब्याक रकम पीओएस, क्यूआर पेमेन्ट तथा अनलाइनबाट गरिने कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ।

यो योजना कात्तिक २६ देखि मंसीर ३ गतेसम्मका लागि हो।

बैंकले देशभर रहेका ३०८ शाखा, ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ एकाइहरू सहित सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily