काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार एक कार्यक्रमकाबीच एक करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ ट्रान्सफर गरेको छ ।
भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेकाे छ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकाे छ ।
कार्यक्रममा मुख्य सचिव डा. बैकुण्ठ अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललगायतकाे उपस्थिति रहेको थियो ।
प्रतिक्रिया