+
Search

ताजा अपडेट +

पपुलर +

सिद्धार्थ बैंकद्वारा ४५० बढी भूकम्प प्रभावित परिवारका लागि खाद्यान्न राहत सहयोग

4KNationalDaily
२०८० कार्तिक २६, आईतवार ०९:५७ बजे

काठमाडौं– सिद्धार्थ बैंकले जाजरकोट र रुकुमका भूकम्प प्रभावितहरुका लागि राहत स्वरुप खाद्यान्‍न सामग्री सहयोग प्रदान गरेको छ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्‍चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसला जस्ता खाद्यान्‍न सामग्रीहरुको राहत प्याकेज बनाई हस्तान्तरण गरेको जनाएको छ।

बैंकले विभिन्‍न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्धार र पुनर्स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १ सय ९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), १ सय २३ शाखारहित बैंकिङ्ग सेवा र २ सय २० एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्त्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरू सरल एवं ग्राहकमैत्री ढङ्गले प्रवाह गर्दै आएको छ ।

‘सम्बन्ध सधैँ भरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily