+
Search

ताजा अपडेट +

पपुलर +

सानिमा जिआईसीको नाफा २४ प्रतिशत बढ्यो

4KNationalDaily
२०८० कार्तिक २७, सोमबार ०९:१४ बजे

काठमाडौं– सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा खुद नाफा २४.३९ प्रतिशत बढेर ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७१ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

गत असोज मसान्तसम्म कम्पनीले ३७ करोड ४ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले गत असोजसम्म १९ करोड ८१ लाख हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४ लाख ७२ हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ, महाविपत्ति कोष ३ करोड ९२ लाख रुपैयाँ र निर्जीवन बीमा कोष ३ अर्ब ४९ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

असोजसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३२.८० रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६३.२० गुणा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily