+
Search

ताजा अपडेट +

पपुलर +

टिकटक बन्द गर्ने निर्णयमा राप्रपाको विरोध, प्रवक्ता भन्छन्– अधिनायकवादको नयाँ अध्याय

4KNationalDaily
२०८० कार्तिक २७, सोमबार १८:२५ बजे

 काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको बताएको छ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले टिकटक बन्द प्रतिबन्ध गरेर सरकारले अधिनायकवादको नयाँ अध्याय प्रारम्भ गरेको बताएका छन्।

‘चर्चित भिडिओ प्लेटफर्म टिकटकलाई प्रतिबन्ध गरेर सरकारले अधिनायकवादको नयॅा अध्याय प्रारम्भ गरेको छ, जुन अस्वीकार्य, आपत्तिजनक र दुर्भाग्यपूर्ण छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

साथै, उनले सरकारले यसबारे स्पट जवाफ दिनुपर्ने उनको भनाइ छ।

‘सरकारको, दलका नेताको आलोचना त जताततै सुनिन्छ, के आलोचना गर्ने टिभी, रेडियो, पत्रपत्रिका, फेसबुक, युट्युब, ट्विटर लगायत पनि बन्द गर्ने सरकारको नीति हो? निर्णय फिर्ता लिऊ र जवाफ देऊ,’ उनले भनेका छन्।

त्यस्तै, यो निर्णय हुँदैगर्दा सत्तारुढ दल नेपाली कांग्रेसको पनि खोजी हुनुपर्ने उनको भनाइ छ।

‘आफूलाई लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रताको पहरेदार ठान्ने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पनि वर्तमान सरकारमै छ नि होइन र भन्या!? यो दिपावलीको समयको झिलिमिली उज्यालोमा सबैभन्दा पहिले कांग्रेसको खोजी गरौं,’ उनले भनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily