+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गरौँ: मेयर बालेन

4KNationalDaily
२०८० कार्तिक २८, मंगलवार १८:१५ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले नेपाल संवत्‌‌लाई राष्ट्रिय संवत्‌‌को रुपमा प्रयोग गर्न आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा नेपाल संवत्‌ ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मेयर बालेनले काठमाडौं महानगरपालिकाले पहिल्यैबाट नेपाल संवत्‌‌को प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए।

नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने उनको भनाइ छ। उनले आगामी वर्षसम्म राष्ट्रिय रुपमा नै प्रयोग हुने विश्वास रहेको बताए।

मेयर बालेनले भने– ‘नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्नुहुन आग्रह छ। महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरुमा समावेश गर्दै आएको छ। प्रधानमन्त्रीज्यु पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रुपमा मनाउन आग्रह छ। अर्कोपटक आउँदा राष्ट्रिय रुपमा नै प्रयोग हुनेछ भन्ने विश्वास छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily