काठमाडौं– नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी प्रक्रिया अघि बढेको छ ।
दुवै पार्टीका वार्ता समितिको बैठक बसेर एकता प्रक्रियालाई अघि बढाइएको हो ।
आइतबार बसेको बैठकमा माओवादी केन्द्रबाट वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाबाट गंगानारायण श्रेष्ठ उपस्थित थिए ।
बैठकपछि दुवै संयोजकको हस्ताक्षर भएको विज्ञप्तिअनुसार बैठकमा दुवै पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई एकता संयोजक समिति बनाउन सुझाव दिने सहमति भएको छ ।
बैठकमा पार्टीको नाम, संगठानिक संरचनालगायत विषयलाई एकता संयोजन समितिले टुंग्याउने पनि सहमति भएको छ ।
प्रतिक्रिया