काठमाडौं- एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको भारतले तेस्रो विकेट गुमाएको छ। ११ औं ओभरको दोस्रो बलमा भारतले श्रेयस ऐरलाई पनि सस्तैमा गुमाउन पुग्यो।
यससँगै भारत दबाबमा परेको छ। ऐरलाई अष्ट्रेलियाका कप्तान प्याट कुमिन्सको बलमा मात्रै ४ रन बनाउँदा विकेट किपरको हातबाट क्याचआउट भए।
यसअघि कप्तान रोहित शर्माले ४७ रनमा आउट भएका थिए। ओपनर शुवमन गिल मात्रै ४ रनमै आउट भएका थिए।
अहिले विराट कोहली र केएल राहुल क्रिजमा छन्। विराटले २२ बलमा २४ रन जोडेका छन्। भारतले ११ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा ८२ रन बनाएको छ।
टस जितेर अष्ट्रेलियाले फिल्डिङ रोजेपछि भारतले पहिले ब्याटिङ गरेको हो।
प्रतिक्रिया