+
Search

ताजा अपडेट +

पपुलर +

सेन्सर बोर्डलाई मेयर बालेन्द्रको पत्र : स्वाभिमानमा आँच आउने चलचित्र प्रशारणमा रोक लगाउनू

4KNationalDaily
२०८० मंसिर ६, बुधबार १८:२२ बजे

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जलचित्र जाँच समिति (सेन्सर बोर्ड)का अध्यक्षलाई पत्र पठाएका छन्।

बुधबार प्रमुख बालेनले सेन्सर बोर्डलाई पञ्चशीलता सिद्धान्त/शान्ति प्रवर्धन तथा एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन अनुरोध गरेका छन्।

उनले नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरे।

कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद तथा कुनै पनि जातजाति, वर्ण, समुदाय, लिङ्ग, तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तित्वको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद प्रसारणमा पनि रोक लगाउनुपर्ने पत्रमा उल्लेख छ।

अन्यथा ‘चलचित्र जाँच समितिको कार्यविधि, २०७४’ अनुसार प्रतिबन्धित चलचित्रको दृश्य तथा संवाद सहितको चलचित्र प्रदर्शनमा आएमा महानगरपालिकाले आवश्यक कदम चाल्ने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily