+
Search

ताजा अपडेट +

पपुलर +

नबिल बैंकको लाभांश इतिहासमै कमजोर, ११ प्रतिशतमा झर्‍यो लाभांश

4KNationalDaily
२०८० मंसिर ७, बिहीबार १२:५३ बजे

काठमाडौ– नबिल बैंकको लाभांश ११ प्रतिशतमा झरेको छ। बैंकको सञ्चालक समितिको बिहिबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ नबिलको वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।

नबिल बैंकको लाभांश इतिहासमै सबैभन्दा कम हो। पछिल्लो १२ आर्थिक वर्षमा बैंकले लगानीकर्तालाई न्युनतम ३० देखि ६५ प्रतिशतसम्म लाभांश वितरण गरेको थियो।

उसले आर्थिक वर्ष २०७८/०७९ मा लगानीकर्तालाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily