+
Search

ताजा अपडेट +

पपुलर +

आर्थिक वर्षको पहिलो ४ महिनाः ५ खर्बमाथिको आयात, ५० अर्बको निर्यात

4KNationalDaily
२०८० मंसिर ७, बिहीबार १७:०३ बजे

काठमाडौं– चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपैयाँ बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा १३ अर्ब १६ करोड ४१ लाख ७० लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।

चार महिनामा मात्रै भारत, चीनबाट ७९ हजार ७ सय टन धान आयात भएको छ । सो बापत करिब ३ अर्ब रुपैयाँ बाहिरिएको छ ।

यस्तै, ब्राउन राइस, बासमती लगायत तयारी चामल चीन, भारत, थाइल्यान्ड लगायत राष्ट्रबाट ३३ हजार टन भित्रिएको छ । ३ अर्ब बढी रुपैयाँको तयारी चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, मकैको पिठो, गहुँको पिठो, फापर, जुनेलो र अन्य खाद्यान्न पाँच हजार आठ सय टन भित्रिएको छ ।

२९ करोड बढी रुपैयाँ खर्च भएको छ । चार महिनामा आलु, भटमास, विभिन्न तयारी खाद्यान्न २७ हजार बढी टन आयात भएको देखिन्छ । सो बापत करिब ५ अर्ब हाराहारीमा रुपैयाँ बाहिरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily