+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकद्वारा वित्तीय चेतनामूलक ५ भिडिओ जारी

4KNationalDaily
२०८० मंसिर १४, बिहीबार २०:४५ बजे

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले वित्तीय साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडिओहरु निर्माण गरेको छ।

आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडिओहरूको ५ श्रृंखला रहेको र क्रमबद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए।

उक्त भिडियोहरूमा मोबाइल बैंकिङको प्रयोग, धारा बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडिओहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्दि हुने विश्वास बैंकले लिएको छ।

साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युटसँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily