+
Search

ताजा अपडेट +

पपुलर +

गृहमन्त्री श्रेष्ठको गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जियोप्लास्टी सर्जरी, स्वास्थ्य अवस्था स्थिर

4KNationalDaily
२०८० मंसिर २०, बुधबार ०९:२९ बजे

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरिएको छ। गृहमन्त्री श्रेष्ठको मंगलबार सर्जरी गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

डा. अरुण मास्केसहितको चिकित्सक टोलीले गरेको सर्जरीमार्फत उनको धमनीको अवरोध हटाइएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सर्जरीपछि सघन उपचार कक्षमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

मन्त्री श्रेष्ठ नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना भएका थिए।

गत असोज ३० देखि कात्तिक १ सम्म चीनको भ्रमणमा रहेको बेला उनको मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो।

उनको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको सचिवालयको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily