+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबि बैंकले घटायो ब्याजदर, कुन खातामा कति ?

4KNationalDaily
२०८० मंसिर २५, सोमबार १०:०७ बजे

काठमाडौं– एनएमबि बैंकले पनि ब्याजदर घटाएको छ ।

बैंकले मंसिर २५ गतेदेखि लागू हुने गरी निक्षेपतर्फको ब्याजदर घटाएको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ६.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५.६०३ प्रतिशतदेखि अधिकतम ६.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७६ प्रतिशत र ब्यक्तिगततर्फ ९.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एनएमबि जन्मभूमि रेमिट्यान्स खातामा भने अन्य खाताको तुलनामा २ प्रतिशत बढी ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily