+
Search

ताजा अपडेट +

पपुलर +

७ सय ५० स्थानीय तहमा पुग्यो स्वास्थ्य बीमा

4KNationalDaily
२०८० पुष २, सोमबार १८:५५ बजे

काठमाडौं- ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएसँगै देशभरका ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रममा लागूभएको छ ।

महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।

स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिका गरी ३ स्थानीय तहमा बीमा कार्यक्रम लागू हुन बाँकी छ ।

उनका अनुसार देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ५० स्थानीय तहमा बीमा कार्यक्रम लागू भएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्थानीय तहमा पहिलो सेवा बिन्दु हुनुपर्ने उल्लेख छ । काठमाडौँ जिल्लामा पर्ने एक महानगरपालिका र दुई नगरपालिकामा पहिलो सेवा बिन्दु नभएकाले सेवा लागू हुन नसकेको कँडेलले बताइन् ।

०७२ साल २५ चैतमा कैलालीबाट सुरु भएको यो कार्यक्रममा पाँच जनाको परिवारमा तीन हजार पाँच सय रुपियाँ प्रिमियम तिर्दा एक लाख रुपियाँसम्मको उपचार सुविधा पाइने उनले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily