+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलर र पाउण्ड स्टर्लिङको भाउ घट्दा युरो बढ्यो, यस्तो छ आजको विनिमय दर

4KNationalDaily
२०८० पुष ५, बिहीबार १०:४३ बजे

काठमाडाैं- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ७८ पैसा र बिक्री दर १३३ रुपैयाँ ३८ पैसा पुगेको छ।

यसैगरी युरो १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा तथा बिक्री दर १४५ रुपैयाँ ९३ पैसा छ।

आजका लागि सार्वजनिक विनिमय दरअनुसार बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा छ भने कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily