काठमाडौं- कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आर्कषक छुट तथा अफरहरू प्रदान गर्ने निर्णय गरेको छ।
आउँदो पुस ८ गते देखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गर्नेछ। सो खातामा न्यूनतम रकम रु एक हजार हुनुपर्ने बैंकले जनाएको छ।
आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया