+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंक र डीसीजीएफबीच कर्जा सुरक्षणसम्बन्धी सम्झौता

4KNationalDaily
२०८० पुष ६, शुक्रबार १९:२८ बजे

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रका लागि केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनी अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ) सँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आईटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनीको पोर्टफोलियो सुरक्षण गर्नेछ ।

यो सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवर्द्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।

कुमारी बैंक लिमिटेडले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

कुमारी बैंक लिमिटेडले नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिससँग साझेदारीमा काम गर्दै आएको छ । जस अन्तर्गत बैंकले सदस्य कम्पनीहरूलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily