+
Search

ताजा अपडेट +

पपुलर +

चुनावी वाचा सम्झँदै गोरखावासीसँग प्रधानमन्त्रीले भने- तपाईंहरूसँग गरेको प्रतिबद्धता बिर्सिएको छैन

4KNationalDaily
२०८० पुष ११, बुधबार १९:५५ बजे

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको बताएका छन् ।

बारपाक- सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने पनि बताए ।

‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको थियो । तर सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ’ उनले भने, ‘जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ ।’

गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्वन्द्व सिर्जना गरियो । तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन’, प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एक वर्षमै केही रेकर्डहरु बन्नेगरी काम गरेको बताए । तर व्यवस्था विरोधीहरुले सरकारले गरेको काम मन नपाएको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily