+
Search

ताजा अपडेट +

पपुलर +

बुढीगण्डकी जलविद्युत आयोजना पीपीपी मोडलमा बनाउन चेम्बर अध्यक्ष मल्लको आग्रह

4KNationalDaily
२०८० पुष २०, शुक्रबार १७:२४ बजे

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बुढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् ।

शुक्रबार गोरखा चेम्बर अफ कमर्सद्वारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेलालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया सार्वजनिक निजी साझेदारीमा तत्काल सुरु गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भएको छ, यसलाई कार्यान्व्यन गर्नका लागि पनि बढुगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अघि बढाउन आवश्यक छ । निजी क्षेत्र लगानीका लागि तयार छ ।’

कार्यक्रममा उनले विद्युत निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने समेत औँल्याए ।

कृषि लगायतका स्थानीय उत्पादनको बजारीकरण एवं प्रर्वद्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रवाभकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

त्यस्तै, अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्नेमा जोड दिए ।

‘नेपालमा प्रशोधित जडिबुटीको छिमेकी चीन लगायतका देशमा माग उच्च रहेको छ । मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमता समेत कमजोर हुँदै गएको छ । मुल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्ने छ । साथै बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन सकेको छैन’, अध्यक्ष मल्लले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily