+
Search

ताजा अपडेट +

पपुलर +

युरो र पाउण्डको भाउ घट्यो, अमेरिकी डलरको बढ्यो

4KNationalDaily
२०८० पुष २२, आईतवार ०८:१२ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको भाउ थोरै बढ्दा युरो र पाउण्डको भाउ भने घटेको छ।

आजको लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा तोकिएको छ।

शुक्रबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा थियो।

त्यसैगरी आजको युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा तोकिएको छ। शुक्रबार १ यूरोको खरिददर १४५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४६ रुपैयाँ २३ पैसा तोकिएको थियो।

आजको लागि बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ। यसअघिको कारोबारमा १ पाउण्डको खरिददर १६८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५९ पैसा थियो।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ४८ पैसा तोकिएको छ।

बहराइन दिनार भने १ को खरिददर ३५२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७१ पैसा तोकिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily