+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम

4KNationalDaily
२०८० पुष २२, आईतवार १९:०३ बजे

काठमाडौं– सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले पार्टीबाट हुने उम्मेदवारको नाम टुग्याएको हो ।

जसअनुसार  कोशी प्रदेशबाट चम्पा कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशबाट मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी, कर्णाली प्रदेशबाट विष्णु विक र सुदूरपश्चिम प्रदेशबाट रेनु चन्दको नाम टुंग्याएको हो ।

यसअघि आइतबार बसेको गठबन्धनको बैठकले १९ पदका निम्ति भागबन्डा गरेको थियो । जसअनुसार  कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाएका थिए ।

आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily