गोरखा- प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले गोरखाको मनकामनामा तुरुन्त ‘हेल्थ पोस्ट’ सेवा सञ्चालन गर्न माग गरेका छन्। आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतलाई उनकै कार्यकक्षमा भेटी ढकालले लिखित रूपमा उक्त माग पेस गरेका हुन्।
मन्त्री बस्नेतलाई पेस गरिएको पत्रमा गोरखाकाे सहिद लखन गाउँपालिका वडा न २ को प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शन गर्न आउने हजारौँ दर्शनार्थीहरु र स्थानीय बासिन्दाको सुविधाको लागि स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरणहरू सहितको हेल्थ पोस्ट तुरुन्त सञ्चालनको लागि आवश्यक दरबन्दी उपलब्ध गराइदिन माग गरेका हुन् ।
सांसद ढकाल केही समय अघि मनकामनाको दर्शन गर्न जाँदा मूल पुजारी इन्सान बहादुर थापामगर तथा स्थानीयले हेल्थ पोस्ट नहुँदाको दुख बारे उनलाई जानकारी गराएका थिए।
मन्त्री बस्नेतले हेल्थ पोस्ट सञ्चालनको लागि जिल्ला अस्पताल, गाेरखासंग समन्वयन गरी आवश्यक पहल गर्ने बताएको सांसद ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया